INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नगरपालिका– ६ का ३८ वर्षीय राजु बस्नेतलाई चैत १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १७ गते डरत्रास देखाई हेटौँडा–१० बसपार्क स्थित एक लजमा पु¥याइ बलात्कार गरी फरार भएको भन्दै पीडित पक्षले आरोपितविरूद्ध चैत १७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको प्रहरीले जनायो ।

उक्त उजुरीको आधारमा प्रहरीले फरार आरोपितलाई १९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए । पीडित बालिकाको स्वास्थ परीक्षण चैत १७ गते हेटौँडा अस्पतालमा गरिएको डिएसपी भट्टराईले बताए ।

अन्य

भिडियो