INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोग र इन्सेकद्वारा कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ कार्यालय बुटवल र इन्सेक गुल्मीले चैत १७ गते जिल्ला कारागारको अनुगमन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग बुटवलका उपनिर्देशक पवन भट्ट, अधिकृत इन्द्रजित सहनी, इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्याल, नागरिककर्मी शिवलाल सुवेदीको टोलीले कारागारको अनुगमन गरेको हो ।

कारागारको अवस्था, क्षमता, कैदीबन्दीको अवस्था, सेवा सुविधा, न्याय, सुरक्षास्थितिलगायतको विषयमा  अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा कारागार प्रमुख उद्धव पन्थीले जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएकाले व्यावस्थापनमा चुनौति रहेको बताए । साथै उनले कारागारमा खानेपानीको समस्या रहेको अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

कारागारका सहनाइके लेखनाथ गिरीले साँघुरो भवनमा अत्यन्तै कष्टपूर्ण रूपमा बस्नुपरेको गुनासो गरे । उनले कैदीबन्दी धेरै रहेको तर भवन सानो र जीर्ण भएको बताउदै एउटै कोठामा ३५ देखि ४० जनासम्म बस्नुपर्ने बाध्यता रहेको बताए ।

कारागारमा खानेपानी र खेल मैदानको समेत समस्या रहेको गिरीले बताए । कैदी सिता बिकले राज्यबाट पाउने सबै सुविधा सहज रूपमा पाएको बताइन् ।

अन्य

भिडियो