INSEC Online

📅 २०८३ जेष्ठ २१

भोटखोला गाउँपालिका कार्यालयमा आगजनी

भोटखोला गाउँपालिका ३ हटिया गोलामा रहेको गाउँपालिकाको कार्यालयमा चैत १५ गते राति भएको आगलागीको घटना अझै अज्ञात रहेको छ ।

कार्यालय परिसरमा कुकर बम जस्तो शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

आगो आफैँ लागेको हो वा कसैले लगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

आगलागीपछि कार्यालय परिसरमा शंकास्पद वस्तु देखिएको हुनाले २ नम्बर बाहिनी हिलेबाट डिस्पोजल टोली घटना स्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारुमगरले बताए ।

आगलागीबाट गाउँपालिका कार्यालयका सम्पूर्ण कागजात, फर्निचर, ग्यास सिलिण्डरलगायतका सामग्री पूर्णरुपमा जलेर नष्ट भएको छ ।

भोटखोलामा केही महिनाअघि पनि वडा नम्बर ३ को वडा कार्यालय तोडफोड भएको थियो । गाउँपालिका कार्यालय सदरमुकाम खाँदबारीबाट करिब १ सय किलोमिटर दुरीमा पर्छ ।

विकट र दुर्गम स्थान भोटखोलामा टेलिफोन सेवा नहुँदा थप जानकारी लिन समस्या भएको प्रहरीले जनाएको छ ।

photo20190329Samkhusaabha

अन्य

भिडियो