INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद फैसला

१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला सर्लाही हरिवन नगरपालिका –११ का २३ वर्षीय आकाश श्रेष्ठ र सोही ठाउँका २४ वर्षीय सागर चौधरीलाई जिल्ला अदालतले चैत १३ गते एक वर्ष कैद, जनही १०÷१० हजार रुपियाँ जरिवाना र पीडितले पाउने गरी क्षतिपूर्तिबापत जनही ३०/३० हजार रुपियाँ उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले कसुर ठहर गर्दै सोे फैसला सुनाएको हो । कसुरदारहरूले ०७५ भदौ २५ गते राती बालिकाद्वयलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २७ गते गरिएको थियो । भदौ २६ गते गिरफ्तार भएका कसुरदारहरूलाई अदालतले असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अन्य

भिडियो