१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नपा–७ का २४ वर्षीय आर्यन भण्डारीलाई चैत १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १२ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपित भण्डारीलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ परीक्षण चैत १२ गते जिल्ला अस्पताल बेनीमा गरिएको प्रहरीले जनाएको छ ।