विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच रामारोशन गाउँपालिका–४ बाटुलासेनको झातामा चैत १२ गते दोहोरो फाइरिङ भएको छ । फायरिङपछि प्रहरीले सो पार्टीका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेहरूमा नेकपा निकट युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद र राजेन्द्र धामी, अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भूमिसरा धामी रहेका छन् ।
सो पार्टीका कार्यकर्ताहरूले आफ्नो नेतृत्वमा गएको प्रहरी टोलीमाथी फाएर खोलेपछि आफूहरूले पनी जबाफी कारवाही स्वारूप सात राउण्ड हवाई फाइरिङ गरेको जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख जनकबहादुर शाहीले बताए ।
प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको भिडन्तको क्रममा विप्लव पक्षका जिल्ला इञ्चार्ज शेरबहादुर विक (दर्शन) भाग्ने क्रममा सामान्य घाइते भएका छन् ।