INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढीमाई नपा–५ का २७ वर्षीय दिपेन्द्र सिंहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १२ गते गिरफतार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपित र उनका साथी गोलबजार नपा वडा नखुलेको २७ वर्षीय रविन्द्र साहले चैत १० गते बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चैत १२ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १२ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाका अनुसार आरोपित सिंहलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको र एक जना फरार रहेकाले खोजतलास भइरहेको छ ।

अन्य

भिडियो