आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत बिहार घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू बस्ने २६ वर्षीय रञ्जन मण्डललाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध चैत १० गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको प्रहरीले जनायो ।
उक्त उजुरीको आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकोे महानगरीय प्रहरी वृत्तका डिएसपी गौमत मिश्रले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १० गते पाटन अस्पतालमा गरिएको प्रहरीले जनायो ।