INSEC Online

📅 २०८३ जेष्ठ २१

फलामको रडले कुटपिट गरेको भन्दै पतिविरुद्ध उजुरी

डाकनेश्वरी नपा–९ की ३५ वर्षीया राधा विकलाई ४० वर्षीय पति राजेन्द्र विकले फलामको रडले प्रहार गरी घाइते बनाएको आरोपमा पीडित महिलाले पतिविरुद्ध चैत ११ गते जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसाको उजुरी दिएकी छिन् ।

तरकारी किन्न जानका लागि साइकलको साँचो माग्दा चरित्रहीनको आरोप लगाउँदै चैत १० गते बिहान फलामको रडसहितका हतियारले कुटपिट गरेको भन्दै पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर रिता पौडेलले बताइन् ।

उजुरीका लागि आएकी पीडितको चैत ११ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार तथा घाउँजाँच परीक्षण भएको छ ।

घाइतेको फुटेको टाउकोमा तीन ओटा टाँका लगाइएको छ भने आँखा र हातमा निलडामसहित चोट रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

अन्य

भिडियो