११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमनपा ३ का ५० वर्षीय देवीबहादुर लिम्बुलाई चैत ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई खानेकुराको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनायो ।
स्थानीयले उनलाई नियन्त्रणमा लिने क्रममा भागेपछि प्रहरीको सहयोगमा गिरफ्तार गरिएको थियो ।
१४ र १५ वर्षीया दुई जना बालिकालाई पनि आरोपितले यौन दुव्र्यवहार गरेको पीडित बालिकाहरुका आफन्तले प्रहरीमा मौखिक जानकारी गराएका छन् ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्रमा चैत ९ गते गरिएको छ ।