२८ वर्षीया महिलालाई ०८३ असार १४ गते सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले भारतको उत्तरप्रदेश घरभई वाणगंगा नगरपालिका–१ जितपुरका २४ वर्षीय अजय शर्मालाई असार २१ गते घरबाट गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको भन्दै पीडित पक्षले असार २१ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा विद्युतीय अपराध सम्बन्धी कसुरमा उजुरी दिएका छन् ।
घटनाबारेमा कारवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयो ।