INSEC Online

📅 २०८३ असार ३१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–१ मेचेडाँगीका २९ वर्षीय दिनेश माझीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको ०८३ असार १६ गतेको इजलासले आरोपितलाई कसुर सजायसँगै ७ लाख रुपियाँ जरिबाना र ५ हजार रुपियाँ पीडितलाई कसुरदारबाट क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।

बालिकालाई ०८२ चैत ३० गते बलात्कार गरेको ०८३ वैशाख १ गते पीडित पक्षले आरोपितविरुद्ध  इलाका प्रहरी कार्यालय उर्लावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपिताई सोहीदिन गिरफ्तार गरी जिल्ला अदालतमा वैशाखा २१ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश मेघनाथ चापागाईको ०८३ वैशाख २२ गतेको इजालासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मंगलवारे अस्पतालमा ०८३ वैशाख ३ गते गरिएको थियो ।

विनोद सुवेदी

अन्य

भिडियो