INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–१ का ३८ वर्षीय दिपक भुजेललाई चैत ७ गते गिरफ्तार गरेको छ ।

प्रहरी चौकी फत्तेपुर, सप्तरीको प्रहरी टोलीले गिरफ्तार गरिएका आरोपितविरुद्धको उजुरी चैत ८ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दर्ता भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

आरोपितले पीडित बालिकाको शरीरको संवेदनशिल अङ्गहरुमा जबरजस्ती चलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा चैत ७ गते उजुरी दिएकी छिन् ।

पीडित बालिकाको उपचार स्थानीय फत्तेपुर पोलिक्लिनिकमा उपचार भइरहेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण मोरङको कोशी अञ्चल अस्पतालमा चैत ८ गते गरिएको छ ।

अन्य

भिडियो