INSEC Online

📅 २०८३ असार १५

बलात्कार गरेको कसुरमा एक वर्ष चार महिना कैद

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेका ३० वर्षीय शिवबहादुर घिमिरेलाई एक वर्ष चार महिना १५ दिन कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश हरिप्रसाद शर्मा उपाध्यायको असार १२ गतेको इजलासले आरोपितलाई आंशिक कसुर ठहर गर्दै एक वर्ष चार महिना १५ दिन कैद, १५ हजार रुपियाँ जरिवाना र ५ लाख रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले जाकारीदिनुभयो ।

आरोपितले बालिकालाई ०८२ वैशाख १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई वैशाख ३१ गते घरबाटै गिरफ्तार गरेको थियो । जिल्ला अदालत पाल्पाका तत्कालीन न्यायधिश दल बहादुर केसीको इजलाशले ०८२ जेठ १८ गते आरोपितलाई पर्पुक्षका लागि थुनामा पठाएको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते पाल्पा अस्पतालमा भएको थियो ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो