१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४६ वर्षीय हजुरबुबालाई कसुरदार ठहर गर्दै ०८३ असार ९ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश सिता शर्मा अधिकारीको असार ९ गते बसेको इजालसले आरोपितलाई कसुरदार ठहर गर्नुका साथै आरोपितले पीडितलाई १० हजार रुपियाँ जरिवाना र ५० हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला समेत गरेको जिल्ला अदालत बागलुङका शाखा अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८१ असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बुर्तिवाङमा असार १३ गते उजुरी दिएको थियो । पीडित बालिकाको असार १४ गते प्रादेशिक अस्पताल धौलागिरीमा स्वास्थ्य परीक्षण भयो । प्रहरीले आरोपितलाई असार १४ गते गिरफ्तार गर्यो ।
आरोपित यस भन्दा अगाडी पनि बलात्कार कसुरमा दुई पटक गरी १५ वर्ष कैद सजाय भुक्तान गरिसकेको जिल्ला सरकारी वकिल कार्यालय बागलुङले दर्ता गरेको अभियोजन पत्रमा उल्लेख गरेको छ ।