पथरी शनिश्चरे नगरपालिका ८ दोलु शुक्रबारकी ३० वर्षीया शारदा बराईलीलाई मोसो दलेको आरोपमा ३४ वर्षीय छिमेकी पारस लिम्बु र ३१ वर्षीय फिफराज लिम्बुलाई प्रहरीले चैत ५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरुले चैत ५ गते बिहान ११ बजे मोसो दल्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
लिम्बु परिवारले शारदाको परिवारबाट लिएको ४ लाख रुपियाँ ऋण भुक्त्तान नगरी तिरिसकेको भन्दै झुठो दाबी गर्दै आएको थियो । तर, प्रमाण पेश गर्न नसकेपछि केही दिन पहिले प्रहरीको अगाडी तिर्न बाँकी रकम तिर्न बाध्य भएको थियो ।
सोही रिस फेर्न शारदामाथि अमानवीय व्यवहार गरेको र घाइते भएकी शारदाको विराटनगर स्थित विराट नर्सिंगहोममा उपचार गराइरहेको पत्रकार गणेश लम्सालले बताए ।
इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले पीडितको उजुरीको आधारमा दुई जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको बताए ।