INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिपायल सिलगढी नगरपालिका–४ राजपुरका २६ वर्षीय अरमान दमाईलाई चैत ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले उजुरी गरेपछि चैत ३ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका हवल्दार दिलबहादुर खातीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३ गते जिल्ला स्वास्थ्य कार्यालय, डोटीमा गरिएको छ ।

अन्य

भिडियो