१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि बालसुधारगृहमा रहेका दुई बालकमध्ये एकलाई जिल्ला अदालत उदयपुरले चैत ३ गते कसुर ठहर र अर्कालाई सफाईको फैसला सुनाएको छ ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले १६ वर्षीय बालकलाई आंशिक कसुर गरेको ठहर गर्दै २० हजार रुपियाँ जरिवानासहित २ वर्ष कैद र १४ वर्षीय बालकलाई सफाई दिएको हो ।
जेल सजाय तोकिएका बालकलाई उमेर नपुगेसम्म बालसुधारगृहमै राख्ने र त्यसपछि मात्र कारागार चलान गर्ने गरी फैसला सुनाइएको स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
बालकद्वयले ०७५ असोज ४ गते पीडितलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका आफन्तले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
असोज ६ गते गिरफ्तार परेका बालकद्वयमध्ये १४ वर्षीय बालकलाई ३० हजार रुपियाँ र १६ वर्षीय बालकलाई ५० हजार रुपियाँ धरौटी लिई बालसुधारगृह विराटनगर पठाउन अदालतले कात्तिक ९ गते आदेश दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ५ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको थियो ।