१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा घोराही उपमहानगरपालिका–४ का २० वर्षीय डिलबहादुर जिसीलाई जिल्ला अदालतले चार वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले फागुन ४ गते जिसीलाई कसुरमा दोषी ठहर गर्दै चार वर्ष कैद गर्ने फैसला गरेको हो ।
पीडित बालिकालाई जिसीले ०७४ फागुन १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले फागुन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन १४ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।