INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फरार रहेका बोदे बर्साइन नपा–९ नेंगडाका ३५ वर्षीय बिजली रामविरूद्धको मुद्दा चैत ३ गते जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश उमेश कोइरालाको इजलासले रामविरूद्धको यौन दुर्व्यवहारको मुद्दा मुल्तवीमा राख्ने फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

खेलीरहेकी बालिकालाई ०७२ चैत १० गते साँझ घरभित्र लगी कपडा च्याती यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय कल्याणपुरमा दिएको उजुरी ०७२ चैत २६ गते दर्ता भएको थियो ।

बालिकाले चिच्याएको अन्य व्यक्तिले सुनेर आएपछि फरार भएका आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । जिल्ला अदालतका तत्कालिन स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठको आदेशमा ०७३ असोज १३ गते फरार आरोपितविरुद्ध म्यादी पुर्जीसहितको वारेण्ट जारी भएको थियो ।

अन्य

भिडियो