INSEC Online

ड्यिुटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार घटनाका आरोपित गिरफ्तार

ड्यिुटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले रामेछाप स्थायी घर भई विराटनगर महानगरपालिका– १ अनुकरण मार्गमा बस्दै आएका २९ वर्षीय रुविण कार्कीलाई असार ८ गते गिरफ्तार गरेको छ ।

साथीभाइ नेपाल नामक सुधारगृह काठमाण्डौं पठाउने तयारी भइरहेको अवस्थामा आरोपितले सीआरभी भट्टाचोकका असइ भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र साथीभाइ नेपाल सुधारगृहका कर्मचारी सन्तोष सापकोटालाई चक्कुले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

चक्कु प्रहारबाट टाउकोमा चोट लागेका तीनै जनाको विराटनगरस्थित नोबेल अस्पताल उपचार भइरहेको छ ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो