नेपालगञ्जबाट प्रकाशित हुने राष्ट्रिय सद्भाव दैनिकमा फागुन २७ गते वडा अध्यक्ष सुनारको दादागिरीः सेवाबाट गाँउले वञ्चित भन्ने शीर्षकको समाचार प्रकाशित भएपछि कठ्लिन कृष्ण किरण नामका फेसबुक प्रयोगकर्ताले समाजिक सञ्जालमार्फत पत्रकारलाई धम्की दिएका छन् ।
समाचार लेखेको विषयमा समाजिक सञ्जालबाट पत्रकारको औँला काट्ने धम्की दिने कठ्लिन कृष्ण किरण भन्ने किरण खत्रीले चैत ३ गते गल्ती नदोहर्याउने भन्दै माफी मागेका छन् ।
कठ्लिन कृष्ण किरण नामका फेसबुक प्रयोगकर्ताले समाचार लेख्ने पत्रकारको औँला काटेर कुकुरलाई खुवाइदिने जस्ता शब्द प्रयोग गर्दै समाजिक सञ्जालमा पोष्ट गरेको थिए । घटनाका सम्बन्धमा पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालयका एसपी अरुण पौडेलका अनुसार प्रहरीको सूचना पाएपछि आरोपित कृष्ण चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । दुवैपक्षबीच भएको छलफलमा आरोपितले माफी मागे पछि मिलापत्र भएको थियो ।