INSEC Online

सामाजिक सञ्जालमा लेखेकै विषयमा पत्रकारमाथि कुटपिट

नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, प्रेस स्वतन्त्रता सेनानी तथा गोरखापत्र दैनिकका संवाददाता महादेवा गाउँपालिका–१ सोनरा निवासी ५७ वर्षीय देवराम यादव र ३५ वर्षीया विना देवीमाथि सोही ठाँउका ४० वर्षीय सुरेन्द्र यादव, ४७ वर्षीय दिपेन्द्र यादव ,२८ वर्षीय रविन्द्र यादव र २५ वर्षीय विराज यादवले ०८३ असार ६ गते कुटपिट गरेको पीडितहरुले आरोप लगाएका छन् ।

यादवले महादेवा गाउँपालिका–१ सोनरा क्षेत्रमा भएको बाटो निर्माण तथा माटो हाल्ने कार्यमा अनियमितता भएको सन्दर्भमा असार १ गते सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर कुटपिट गरिएको पीडितले बताएका छन्। कुटपिटबाट घाइते भएका दुवै जानको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार गरिएको छ ।

नविन यादव

अन्य

भिडियो