INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन ३० गते गिरफ्तार गरेको छ  ।

पीडित बालिकालाई आरोपित बालकले फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा फागुन २८ गते उजुरी दिएको प्रहरीले जनायो ।

उक्त उजुरीको आधारमा आरोपित बालकलाई फागुन ३० गते गिरफ्तार गरी प्रहरीको बाल हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते जिल्ला अस्पताल त्रिशुलीमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो