नवदुर्गा गाउँपालिका–४ का वडा अध्यक्ष पदम विष्टको से.७ प.३६९० नम्बरको मोटरसाइकलमा फागुन ३० गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
आगजनीबाट मोटरसाइकल पुर्ण रूपमा जलेर नष्ट भएको बेलापुर प्रहरी चौकी सेरीका असई कर्णबहादुर सार्कीले जानकारी दिए ।
आगजनी गरिएको मोटरसाइकल केही दिन अगाडि मात्र अध्यक्ष विष्टले वडा कार्यालयको नाममा खरिद गरेका थिए । घटनाको अनुसन्धान जारी गरीएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।