INSEC Online

📅 २०८३ असार ११

विद्युतीय अपराध गरेको कसुरमा २० हजार रुपियाँ जरिबानाको फैसला

२७ वर्षीया महिलालाई सामाजिक सञ्जालमा चरित्र हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का २५ वर्षीय ईरफान भन्ने इरफाउल्लाह खानलाई २० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको ०८३ जेठ २० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै २० हजार रुपियाँ जरिबाना, ७ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने र ८ सय रुपियाँ पीडित राहतकोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८२ जेठ १२ गते सामाजिक सञ्जालमा चरित्र हत्या गरेको भन्दै पीडित पक्षले जेठ २० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा विद्युतीय अपराध सम्बन्धी कसुरमा उजुरी दिनुभएको थियो । प्रहरीले आरोपितलाई जेठ २२ गते घरबाटै गिरफ्‌तार गरेको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो