साल्पासिलिछो गाउँपालिका–५ सालेवाकाकी ११ वर्षीय बालिका रचना राईलाई बलात्कार प्रयास गरी हत्या गरेको कसुरमा सोही ठेगानाका २० वर्षीय सञ्जय राईलाई जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको छ ।
न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले राईलाई फागुन ३० गते बलात्कार प्रयासमा ८ वर्ष र बाँकी सजाय हत्या कसुरमा सुनाएको श्रेस्तेदार नविन कोइरालाले बताए ।
अदालतले पिडकबाट पीडित पक्षलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने आदेश समेत दिएको छ । बालिकालाई राईले ०७५ भदौ १० गते हत्या गरेका थिए ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई प्रहरीले ०७५ भदौ १२ गते गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम जिल्ला अदालत सङ्खुवासभामा भदौ १२ गते गरिएको थियो ।