राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शैलेशकुमार सिंहलाई ०८३ असार १ गते कुटपिट गरेको आरोपमा प्रहरीले बझाङ् जिल्ला बुङगल नगरपालिका–२ का २८ वर्षीय गोविन्द धामीलाई असार १ गते गिरफ्तार गरेको छ ।
धनगढी उपमहानगरपालिका–२ स्थित रिद्धिसिद्धि पार्टी प्यालेसमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशनका क्रममा विवाद हुँदा सिंहलाई आरोपित धामीले कुटपिट गरेपछि घटनास्थलबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
कुटपिटबाट आँखामा सामान्य चोट लागेर घाइते भएका सिंहको नवजिवन अस्पताल उपचारपछि घर पठाइएको र घटनामा संलग्न अर्का आरोपित बझाङ् जिल्ला बुङगल नगरपालिका–२ का २७ वर्षीय भरत बोहरा फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी तिमिल्सिनाले बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशनमा आरोपित धामी र बोहरा बझाङ जिल्लाबाट प्रतिनिधित्व गरेर सहभागि हुन आएका थिए ।