INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई एक वर्षदेखि यौन सम्पर्क गर्न दबाब दिएर अभद्र व्यवहार गरेको आरोपमा सिम्रोनगढ नपा–७ खजानी गाउँका ३९ वर्षीय जयन्तकुमार कुशवाहालाई इलाका प्रहरी कार्यालय निजगढले फागुन २९ गते साझ गिरफ्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा फागुन २९ गते उजुरी परेपछि आरोपित कुशवालाई इलाका प्रहरी कार्यालय निजगढका सई देवकीलाल चौधरीको नेतृत्वमा रहेको टोलीले गिरफ्तार गरेको हो ।

निजगढ नपा–९ बजार टोलको गुरूङ होटलको कोठा नं. ५ बाट गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयमा सोही दिन बुझाएको सई चौधरीले बताए ।

कोठामा आरोपित कुशवाह र महिला बसेको भेटी सोही ठाउँबाट महिलालाई उद्धार गरेको चौधरीले बताए ।

एक वर्षदेखि शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्दागर्दै पनि पटकपटक दबाब दिएकाले पतिको सल्लाहमा प्रहरीको सहयोग लिएको पीडित महिलाले सई चौधरीसँग गुनासो गरेकी थिइन् । पीडित महिलालाई उद्धार गरी आरोपितलाई गिरफ्तार गरेको सई चौधरीले बताए ।

अभद्र ब्यवहारसम्बन्धी मुद्दामा फागुन ३० गते बिहान जिल्ला प्रशासन कार्यालय बारामा बयान र सुनुवाइ सम्पन्न भई १० दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बताए ।

आरोपित कुशवाह उद्योग वाणिज्य सङ्घ सिम्रोनगढका अध्यक्ष रहेको मैले धेरै पटक सम्झाउँदा अटेर गरी एक वर्षदेखि हैरान गरेको पीडितले बताइन् ।

अन्य

भिडियो