पुर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली जिल्लाको बढैपुर जङ्गलमा फागुन ३० गते राति ४ बजे पुर्वबाट पश्चिमतर्फआइरहेको म १ ख ४४१ नम्बरको बसमा विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेका छन् । बसमा सवार यात्रुहरूलाई बाहिर निकाली आगजनी गरिएको र आगजनीबाट बसमा पुर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा परेको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।
कञ्चनपुर, बैतडी, दार्चुला, अछाम, बझाङ्, बाजुरा,डोटी र डडेल्धुरा जिल्लाका इन्सेक प्रतिनिधिका अनुसार बन्दका कारण जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरिका यातायातका साधन, विद्यालय, कलकारखाना, व्यापार व्यवसाय र बजार पुर्ण रूपमा बन्द भएका छन् । यातायातका साधनहरू सञ्चालन नहुँदा यात्रुहरू समस्यामा पर्नुको साथै बिद्यालय बन्द हुँदा हजारौ बिद्यार्थीहरू पठनपाठनबाट बञ्चित भएका छन् । कैलाली जिल्लाबाहेक सुदुरपश्चिमका अन्य जिल्लामा हालसम्म कुनै प्रकारका अप्रिय घटना भने नभएको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी गराएका छन् ।