सम्सी गाउँपालिका–५ पोखरभिण्डाबाट ०८३ जेठ २२ गतेदेखि हराएका तीन वर्षीय बालक मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा तैरिरहेको अवस्थामा जेठ २५ गते फेला परेको छ । घर छेउमा खेल्दाखेल्दै अचानक हराएका रोहित यादवका छोरा मनिकेशको शव पोखरीमा तैरिरहेको बोराभित्र फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पञ्चलाल गोलेका बताउनुभयो । हत्या भएको आशङ्कासहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।