INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह गरेको आरोपमा दुई महिनाको कैद सजाय

बालविवाह गरेको कसुरमा १७ वर्षीय बालक र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले फागुन २८ गते दुई महिना कैद र जनही ५ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको छ ।

न्यायाधीश सनतचन्द्र लवटको इजलासले बाल न्याय कार्यविधि २०६४ अनुसार दुवै जनालाई कारबाही चलाएको जिल्ला अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी दिए । अदालतले सजाय तोकेसँगै बालविवाह बदर भएको प्रवक्ता आचार्यले बताए । कसुरदारहरूले २०७५ भदौ ६ गते बालविवाह गरेका भन्दै भदौ ११ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी परेको थियो । उजुरी पश्चात् प्रहरीले दुबैजनालाई भदौ १६ गते गिरफ्तार गरी चलाएको बालविवाह मुद्दामा असोज १५ अदालतमा मुद्दा पेश गरेपछि आरोपितहरू साधारण तारेखमा छुटेका थिए ।

अन्य

भिडियो