INSEC Online

📅 २०८३ जेष्ठ २२

मानव अधिकार रक्षकहरूको सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा बारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतमले २०८३ जेठ २१ गते मधेश प्रदेशका सभामुख तथा गृह, सञ्चार तथा कानुन मन्त्रीसँग मानव अधिकार रक्षकहरूको सुरक्षा सम्बन्धी ऐन निर्माणको आवश्यकताबारे छलफल गर्नुभएको छ ।

छलफलमा सभामुख राम अशिष यादवले  मानव अधिकार रक्षकहरूको सुरक्षासम्बन्धी विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै सरोकारवालासँग थप छलफल गरी आवश्यक नीति तथा कानुनी व्यवस्था निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले मानव अधिकारको संरक्षण र प्रवर्धन प्रदेश सरकारको प्राथमिकताको विषय रहेको समेत बताउनुभयो।

मानव अधिकार रक्षकहरूको सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले बताउनुभयो। आवश्यक सुझाव र परामर्शलाई समेटेर आगामी दिनमा विधेयक निर्माण तथा पारित प्रक्रियालाई अघि बढाउन पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष गौतमले मानव अधिकार रक्षकहरूले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिकालाई ध्यानमा राखी उनीहरूको सुरक्षा, सम्मान र स्वतन्त्र कार्यसम्पादन सुनिश्चित गर्न विशेष कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले मानव अधिकार रक्षकहरूको संरक्षणका लागि छुट्टै ऐन निर्माण अपरिहार्य रहेको भन्दै यस तर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उक्त छलफलमा इन्सेकका निर्देशकहरु मदन पौडेल तथा भार्गव काफ्ले,  इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान,  एड्भोकेसी फोरम नेपाल मधेश प्रदेशका संयोजक राजकुमार महासेठ र इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष कुमार यादवको सहभागिता रहेको थियो।  

 सन्तोष कुमार यादव

अन्य

भिडियो