संयुक्त राष्ट्रसंघीय महिलाको अवस्थासम्बन्धी आयोगको ६३ औँ अधिवेशन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालय न्युयोर्कमा फागनु २५ गतेदेखि सुरु भएको छ । अधिवेशनमा संयुक्त राष्ट्रसंघको सम्पूर्ण सदस्य संस्थाका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको छ । सोही क्रममा महिला अधिकारका विभिन्न विषयगत सवालमा समानान्तर सम्मेलन आयोजना गरिएका छन् ।
यसै सन्दर्भमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मन्तव्य राखेकी छन् । राष्ट्रपतिले आफ्नो सम्बोधनमा नेपालले छोटो समयमा महिला सहभागितामा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरिन् ।