INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १ वर्ष ८ महिना कैद

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका–१ का २३ वर्षीय नविन गुरुङलाई १ वर्ष ८ महिना कैद र २० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८३ जेठ १८ गतेको इजलाशले आरोपितलाई कसुर ठहर गर्दै १ वर्ष ८ महिना कैद सजाय, २० हजार रुपियाँ जरिबाना र ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने फैसला गर्नुका साथै सो कार्यमा सहयोग गरेको भन्दै सन्धिखर्क नगरपालिका–६ भुवनडाँडा बस्ने ६० वर्षीय टुलकराम सुनारलाई १ महिना कैद सजाय र ५ हजार रुपियाँ जरिबाना भएको जिल्ला अदालतका मुद्दा फाँटका नायब सुब्बा प्रकाश भट्टराईले जानकारी दिनु भयो ।

आरोपितले बालिकालाई ०८२ मंसिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर २२ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले मंसिर २२ गते शान्ति बगँैचाबाट गिरÏतार गरेको थियो । जिल्ला अदालतले आरोपितलाई पुस १४ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो र अर्का आरोपित टुलकराम सुनारलाई भने तारेखमा रिहा गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मंसिर २२ गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको थियो ।

कुल बहादुर नेपाली

अन्य

भिडियो