२३ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको कसुरमा लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछाका २८ वर्षीय राजकुमार मोतेलाई जिल्ला अदालतले फागुन २७ गते ३ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।
न्यायाधीश तिर्थराज केसीको इजलासले बलात्कार प्रयास कसुरमा सो सजाय तोकिएको हो । पीडित युवतीलाई आरोपितले कात्तिक २८ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा उजुरी दिएको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पातलमा सोही दिन भएको थियो । मङ्सिर २ गते गिरफ्तार भएका मोतेलाई अदालतले मङ्सिर २७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।