INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक गिरफ्तार

हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित तासिर अंग्रेजी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी १२ वर्षीय सबिर भुजेललाई ०८३ जेठ ७ गते कुटपिट गरेको आरोपमा प्रहरीले शिक्षक अच्युत ओझालाई जेठ १६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपित विरुद्ध जेठ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

कुटपिटबाट भुजेलको टाउको सुनिँदै गएपछि प्राथमिक उपचार जेठ ८ गते हेटौंडा अस्पताल गरिएको थियो भने  थप उपचार चितवनस्थित सीएमसी अस्पतालमा भएको छ।
पीडित परिवारका अनुसार सीएमसी अस्पतालमा गरिएको परीक्षणका क्रममा टाउकोमा रगत जमेको भेटिएपछि चिकित्सकले शल्यक्रिया गरेका थिए । चिकित्सकका अनुसार बालकको अवस्था सुधार नभएपछि जेठ १५ गते पुनः शल्यक्रिया गरी टाउकोमा जमेको रगत निकालिएको थियो ।

पीडित परिवारका अनुसार शिक्षकले कक्षामा प्रश्नको उत्तर दिन नसकेको भन्दै सबिरको कपाल तानेर ढाडमा कुटपिट गरेका थिए । परिवारले घटनाअघि बालकमा कुनै स्वास्थ्य समस्या नभएको र सोही दिनबाट समस्या देखिएको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शिक्षक ओझाविरुद्ध बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो