बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत म्याग्दीले मालिका गाउँपालिका–२ का २४ वर्षीय रोशन पटेल भन्ने ज्ञानेन्द्र बि.क.लाई १० वर्ष कैद तथा ५ लाख २० हजार रुपियाँ जरिवाना तिराउने फैसला गरेको छ ।
जिल्ला अदालत म्याग्दीका न्यायाधिश सूर्यबहादुर थापाको ०८३ जेठ १३ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १० वर्ष कैद, ५ लाख रुपियाँ जरिवाना र ३० हजार रुपियाँ पीडित राहत कोषमा क्षतिपुर्ती जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत म्याग्दीका सुचना अधिकारी डिल्लीराज पौडेलले बताउनुभयो ।
आरोपितले बालिकालाई ०८० चैत ८ गते बलात्कार गरेको भन्दै ०८१ साउन २१ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पिडीत पक्षले उजुरी दिएको दियो । प्रहरीले आरोपितलाई साउन ३२ गते गिरफ्तार गरेका थियो । पीडित बालिकाको साउन २२ गते दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण भयो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत भदौ २४ गते जबरजस्तीकरणी शिर्षकमा जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता गरेको थियो ।