तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्लाकी ३५ वर्षीया अनिता देवी रायको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३० वर्षीय बब्लु रायलाई ०८३ जेठ ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।
वैशाख २२ गते रातिदेखि घरबाट हराएकी अनिताको शव वैशाख ३० गते हातखुट्टा बाँधिएको अवस्थामा कोशी नदी छेउमा फेला परेको थियो। घटनापछि मृतकका पति विरेन्द्र राय अमातले छिमेकी बब्लु रायविरुद्ध वैशाख ३१ गते कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका थिए । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी डम्बरबहादुर पुरीले बताउनु भयो ।