INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्याको कसुरमा जन्मकैदको सजाय

५६ वर्षीया हरिकला बस्नेतको हत्या गरेको कसुरमा नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले २० वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश सनतचन्द्र लवटले फागुन २६ गते गरेको फैसलाले आरोपित बस्नेतलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।

मुलुकी अपराध संहिता अनुसार ऐन लागु हुनु पूर्व घटना भएको कारण मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलको १३ (३) अनुसार सो फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

आरोपितले ०७४ साउन २ गते पत्नीलाई कुटपिट गरी ज्यान गइसकेपछि बार्दलीमा झुण्ड्याएको आरोपमा प्रहरीले आरोपितलाई साउन ४ गते गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम जिल्ला अस्पताल दैलेखमा गरिएको थियो ।

अन्य

भिडियो