INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या गरेको कसुरमा एक वर्ष कैद सजाय

२५ वर्षीया महिलालाई हत्या गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले मृतकका पति २८ वर्षीय विशाल सुनारलाई एक वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको वैशाख २७ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई एक वर्ष कैद सजाय, ३० हजार रुपियाँ जरिबाना, १ हजार २ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई ०८२ जेठ १३ गते हत्या गरेको भन्दै पीडित पक्षले जेठ १४ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई जेठ १८ गते घरबाटै गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम जेठ १८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो