INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

वीरगन्ज महानगरपालिका – ३२ चोर्नीकी ७२ वर्षीया कोशिलिया अहिरिनलाई ‘बोक्सी’ को आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले  सोही ठाउँ बस्ने ३८ वर्षीया पिंकी देवी,  ४४ वर्षीया पानामति देवी र वर्षीया  ५४ की शान्तिदेवी धानुकलाई ०८३ जेठ ५ गते वीरगन्ज महानगरपालिका – ८ घण्टाघरबाट गिरफ्तार गरेको छ ।

आरोपित पिंकी देवीको १५ वर्षीय छोरा लामो समयदेखि विरामी भएको हुदाँ “तँ बोक्सीले टुनामुना गरी मेरो छोरा मार्न खोजेको ” भनी आरोप लगाउँदै  कोशिलियालाई ०८२ फागुन २८ गते आरोतिहरुले कुटपिट गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताएन् । गिरफ्तार भएका सबैलाई बोक्सीको आरोप (कसूर र सजाय) ऐन २०७२ अनुसार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताउनु भयो ।

तुलसी भण्डारी

अन्य

भिडियो