INSEC Online

📅 २०८३ जेष्ठ २१

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

रोल्पा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएको पाइएको छ । कारागारमा १५ महिला र ३५ पुरुष गरी ५० जनाको क्षमता रहेकोमा हाल १ सय २२ जना कैदीबन्दी रहेका छन् ।

हाल कारागारमा १० जना महिला, १ सय ९ जना पुरुष तथा एक जना आश्रित नाबालक रहेका छन् । कैदीबन्दीमध्ये १ सय ९ जना कैदी र १२ जना थुनुवा रहेको कारागार प्रमुखका यामलाल ओलीले बताउनु भयो ।

कारागारमा ६० वर्षभन्दा माथिका आठ जना ज्येष्ठ नागरिक समेत रहेका छन् । स्वास्थ्य सेवाका लागि एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

क्षमताभन्दा धेरै कैदीबन्दी राखिँदा बसोबास व्यवस्थापन, सरसफाइ तथा स्वास्थ्य सुरक्षामा चुनौती थपिएको कारागार प्रशासनको भनाइ छ । सीमित पूर्वाधार र स्रोतसाधनका कारण दैनिक व्यवस्थापनमा कठिनाइ भइरहेको कारागार पंशासनले जनाएको छ ।

तिलक घर्तिमगर

अन्य

भिडियो