३७ वर्षीया महिलालाई ०८३ वैशाख १८ गते बलात्कार प्रयास गरेको आरोपमा ईश्वरपुर नगरपालिका–४ का ४२ वर्षीय रामकेश कुशवाहाविरुद्ध पीडितले जेठ ४ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएकी छन् ।
घटना पश्चात आरोपति फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर नितेश कुमार सिंहले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ।