सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–११ का १९ वर्षीय राममिलन यादवलाई फागुन २३ गते भैरहवाबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले फागुन २३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमोध ढुङ्गेलले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २३ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।