४० वर्षीया महिलालाई ०८३ वैशाख २ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल वादी नेपाली, सोही ठाउँका २० वर्षीय सुनिल वादी र सल्यान जिल्ला, कालिमाटी गाउँपालिका–५ हात्तिदमारका ४० वर्षीय धिरज भनिने धनबहादुर कामीलाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।
आरोपितहरुले महिलालाई सुनिलस्मृति गाउँपालिका–२ बाट आफन्तको घर माडी गाउँपालिका–१ चिहानडाँडा जाँदै गर्दा जंगलको बाटोमा सामूहिक रुपमा बलात्कार गरेको भन्दै पीडितले पक्षले वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २४ गते रोल्पा अस्पताल रेउघामा भएको छ ।
आरोपितहरु रोल्पा जिल्ला माडी गाउँपालिका–६ लाप्चनस्थित निर्माणाधीन मदन भण्डारी सडक खण्डको कल्भर्ट मर्मतको काममा खटिएका मजदुर भएको प्रहरीले जनाएको छ।