INSEC Online

📅 २०८३ जेष्ठ २१

जङ्गली च्याउ खाएर ११ जना बिरामी

बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जङ्गली च्याउ खाएर ११ जना बिरामी भएका छन् ।

तेजबहादुर खवासको घरमा ०८३ वैशाख २७ गते जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका ११ जना बिरामी भएका हुन् ।

जङ्गली च्याउ खाएर ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास र २० वर्षीया अनिता खवास बिरामी भएका छन् । च्याऊ खाएका आठ जना बालबालिका समेत बिरामी भएका छन् ।

बालबालिकाहरुको दमकस्थित बाल अस्पतालमा र अन्यको मेची प्रादेशिक अस्पताल, भद्रपुरमा उपचार भइरहेको छ ।

च्याउ खाएर निरन्तर वान्ता भएपछि सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

नरेश खाती

अन्य

भिडियो