INSEC Online

📅 २०८३ जेष्ठ २१

बालसुधार गृह वीरगञ्जबाट फरार कैदी गिरफ्तार

वीरगन्ज महानगरपालिका–४ स्थित बालसुधार गृहबाट ०८२ भदौ २४ गते फरार भएका सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका– २ का २२ वर्षीय बेगम विकलाई प्रहरीले २०८३ वैशाख २१ गते वीरगन्ज बिर्ता चोकबाट गिरफ्तार गरेको छ ।

विक जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा ८ वर्ष कैद र ४ लाख रुपियाँ जरिबाना फैसला भए अनुसार कैद भुक्तान गर्दै आएका थिए । बिकलाई वैशाख २२ गते बालसुधार गृह वीरगन्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु कार्कीले बताउनु भयो।

  तुलसी भण्डारी

अन्य

भिडियो