INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई ०८३ वैशाख २० गते बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका– ५ नम्बर वडाध्यक्ष ४२ वर्षीय दत्तबहादुर बुढालाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।

आरोपितविरुद्ध पीडितले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको छ।

मानदत्त रावल

अन्य

भिडियो