सार्वजनिक स्थलमा महिलालाई दुर्व्यवहार र अस्लिल हर्कत गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिका–९ का २० वर्षीय दिवस सुनारलाई ०८३ वैशाख २२ गते पुतलीबजार नगरपालिका–१ बाट गिरफ्तार गरेको छ ।
महिलालाई वैशाख २२ गते सुनारले मोटरसाइकलमा लिफ्ट दिएर यात्राका क्रममा फोन नम्बर मागेको र फोन नम्बर दिन अस्वीकार गरेपछि दुर्व्ववहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको कार्यालयका सूचना अधिकारी तथा डिएसपी प्रसन्नराज चौधरी बताउनुभयो ।